३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

प्रियंका निकको सम्बन्धविच्छेदमा आमा मधु चोपडा नाजवाफ

१८ चैत, भारत । बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनको सम्भावित सम्बन्धविच्छेदको खबरमा प्रियंकाकी आमा मधु चोपडाले कुनै जवाफ दिएकी छैनन् । प्रियांकाकाे विषयमा अहिले केहि कुरा गर्ने सहि समय नभएकाे बताएकी छिन् । प्रियांकाकाे विषयमा उनका आफन्त पनि चुप बसेका छन् ।

भारतीय मिडियाले यसबारे मधुलार्इ  मेसेज पठाएर पनि प्रश्न गरेको तर मिडियाको प्रश्नको जवाफ दिने मधुले कुनै पनि जवाफ नदिएको जानकारी दिएका छन् । धेरै मिडियाले प्रियंका र निकबीचको सम्बन्ध ठिक नभएको बताइरहेका छन् ।  प्रियंकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा निकसँग रमाइरहेका फोटो पोष्ट गरिरहेकी छिन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार १४:३३