२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

आईपीएलः दिल्ली क्यापिटल्सको कोलकत्ता नाइट राइडर्समाथि रोमाञ्चक जित

१७ चैत, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले कोलकत्ता नाइट राइडर्समाथि रोमाञ्चक जित हात पारेको छ । गएराति भएको खेलमा दिल्लीले कोलकत्तामाथि सुपर ओभरमा जित हात पार्यो । कोलकत्ताले दिएको १८६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८५ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

सुपरओभरमा दिल्लीले एक विकेटको क्षतिमा १० रन बनाउन सफल भयो । ११ रनको चुनौती पछ्याएको कोलकत्ताले ७ रन मात्रै बनाउन सफल भएपछि दिल्लीले खेल जितेको हो ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आईतवार ०८:२१