१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

लगानी सम्मेलन भोलिदेखि काठमाडाैँमा, ४० देशका ६०० बढी लगानीकर्ता सहभागी हुने

१४ चैत, काठमाडाैँ । सरकारले ‘नेपाल लगानी सम्मेलन २०१९’ सफल बनाउन र नेपाल लगानीका लागि उपयुक्त थलो हो भन्ने सन्देश दिन हरसम्भव प्रयासको तयारी गरेको छ । यही चैत १५ र १६ गते काठमाडौँमा हुने लगानी सम्मेलनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी पूरा गरेको छ । सम्मेलनमा सरकारले कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात शहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी परियोजना प्रस्तुत गर्ने जनाएको छ ।

सरकारले विदेशी लगानीकर्तालाई आश्वस्त पार्न नीतिगत व्यवस्था एवं नीतिगत सुधार, सम्भावित परियोजनाबारे विषयगत जानकारसँगको पृष्ठपोषण प्रतिक्रिया, निजी सार्वजनिक साझेदारीको नीतिका बारेमा स्पष्ट पार्नेछ । लगानीका लागि सहज वातावरण बनाउने लक्ष्यका साथ राखेर सरकारले हालै सङ्घीय संसद्बाट ‘सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन’ पारित गर्नुका साथै ‘विशेष आर्थिक क्षेत्रसम्बन्धी ऐन’ समेत संशोधन गरिसकेको छ ।

सम्मेलनमा सरकारका ५० र निजी क्षेत्रका २७ परियोजना प्रस्तुत गर्ने भएको छ । साथै सम्मेलनका क्रममा नै एक दर्जन परियोजनासँग समझदारीमा हस्ताक्षर गर्ने तयारीसमेत गरिएको छ । सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डललगायत ६०० बढी लगानीकर्ताको सहभागी हुनेछ । सम्मेलनमा लगानीकर्ता, नेपालको विकासका साझेदार, कूटनीतिक नियोग र सरकारी प्रतिनिधि, सम्बन्धित विषयका जानकार, अन्य साझेदार सरोकारवाला, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिलगायतको सहभागिता हुनेछ ।

संविधानसभाबाट नेपालको संविधान जारी भई गत वर्षको निर्वाचनबाट दुई तिहाइ बहुमतको सरकार गठन भएपछि मुलुकमा राजनीतिक स्थिरता कायम भएको छ । यस परिवेशमा हुन लागेको यो लगानी सम्मेलन मुलुकको आर्थिक समृद्धिका लागि वैदेशिक लगानी भित्र्याउने कोशेढुङ्गा सावित हुने सरकारको अपेक्षा छ ।

दुईदिने सम्मेलनको पहिलो दिन नेपाल सरकारकोतर्फबाट लगानीको अवसर तथा लगानीसम्बन्धी नीतिगत सुधारबारे प्रस्तुतीकरण, नेपालमा लगानी गरिरहेका लगानीकर्ताको अनुभव, अन्तर्राष्ट्रिय लगानीकर्ताको लगानीसम्बन्धी अनुभवसहित सात वटा विषयगत सत्रहरु सञ्चालन हुनेछन् ।
त्यसैगरी सम्मेलनको अन्तिम दिन दुई वटा क्षेत्रगत र तीन वटा ‘प्लेनरी’ सत्र सञ्चालन हुनेछन् । यस सम्मेलनले सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पु¥याउने आशा लिइएको छ । लगानी सम्मेलन सफलरुपमा आयोजना गर्न अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष डा युवराज खतिवडाको संयोजकत्वमा निर्देशक समिति गठन भएको छ ।

मुलुकमा तीन तहका सरकारको गठनसँगै स्थानीयस्तरमा आवश्यकपर्ने संस्थागत संरचनाको निर्माणसँगै विकास निर्माणका कार्य र राजनीतिक स्थायित्वपछि विकासका ठूला पूर्वाधार निर्माणमा आवश्यक पर्ने पूँजी जुटाउन सम्मेलन फलदायी हुने बताइएको छ । यसका लागि सरकारसँगै सरोकारवाला सबै निकायको प्रयत्न र सयोग आवश्यक छ ।

सम्मेलनमा प्रस्तुत गरिन लागेका केही परियोजनाहरू

निजी क्षेत्रका परियोजनाहरु:

१. त्रिशुली गल्छी जलविद्युत परियोजना  :५३
२.  मध्य कालिगण्डकी जलविद्यतु आयोजना :९६
३.  इन्गवाखोला जलविद्युत आयोजना :३०
४.  माथिल्लो चमेलिया जलविद्युत आयोजना :७०
५.  म्याग्दीखोला जलविद्युत आयोजना : १००
६.  गरुड सिमेन्ट :१३०
७. आइएमइ सिमेन्ट :१५०
८. जाल्पादेवी केबलबार परियोजना : १६
९. स्वर्गद्वारी केबलकार परियोजना : १६
१०. अन्नपूर्ण सिक्लेस केवलकार परियोजना : ३१
११. रिसोर्स हिमालय बुटिक होटल : ५६
१२. तल्लो बरुणखोला जलविद्युत आयोजना : २५०
१३. कालिगण्डकी गोर्ज जलविद्युत आयोजना : २६९
१४. माथिल्लो बलेफी जलविद्युत : ७२.५
१५. माथिल्लो बलेफी ए जलविद्युत : ५५.५
१६. नाम्लाङखोला जलविद्युत आयोजना : ३५०
१७. तारपखोला जलविद्युत आयोजना : ७७
१८. विशाल सिमेन्ट : १५०
१९. भोटेकोशी ५ जलविद्युत आयोजना : १०५
२०. मस्र्याङदी ७ जलविद्युत परियोजना : १७०
२१. माथिल्लो दुधखोला जलविद्युत आयोजना : ४८
२२. काबेली ३ जलविद्युत आयोजना : ४० मेगावाट
२३. माथिल्लो लाप्चे जलविद्युत आयोजना : ७९
२४. हायत प्लालेस होटल : २६.३
२५. सिटी अफ ड्रिम्स : ६०
२६. बुढीगण्डकी जलविद्युत परियोजना : ५००
२७. मुक्तिनाथ केबलकार : ४४११. त्रिशुली गल्छी जलविद्युत परियोजना  :५३
२.  मध्य कालिगण्डकी जलविद्यतु आयोजना :९६
३.  इन्गवाखोला जलविद्युत आयोजना :३०
४.  माथिल्लो चमेलिया जलविद्युत आयोजना :७०
५.  म्याग्दीखोला जलविद्युत आयोजना : १००
६.  गरुड सिमेन्ट :१३०
७. आइएमइ सिमेन्ट :१५०
८. जाल्पादेवी केबलबार परियोजना : १६
९. स्वर्गद्वारी केबलकार परियोजना : १६
१०. अन्नपूर्ण सिक्लेस केवलकार परियोजना : ३१
११. रिसोर्स हिमालय बुटिक होटल : ५६
१२. तल्लो बरुणखोला जलविद्युत आयोजना : २५०
१३. कालिगण्डकी गोर्ज जलविद्युत आयोजना : २६९
१४. माथिल्लो बलेफी जलविद्युत : ७२.५
१५. माथिल्लो बलेफी ए जलविद्युत : ५५.५
१६. नाम्लाङखोला जलविद्युत आयोजना : ३५०
१७. तारपखोला जलविद्युत आयोजना : ७७
१८. विशाल सिमेन्ट : १५०
१९. भोटेकोशी ५ जलविद्युत आयोजना : १०५
२०. मस्र्याङदी ७ जलविद्युत परियोजना : १७०
२१. माथिल्लो दुधखोला जलविद्युत आयोजना : ४८
२२. काबेली ३ जलविद्युत आयोजना : ४० मेगावाट
२३. माथिल्लो लाप्चे जलविद्युत आयोजना : ७९
२४. हायत प्लालेस होटल : २६.३
२५. सिटी अफ ड्रिम्स : ६०
२६. बुढीगण्डकी जलविद्युत परियोजना : ५००
२७. मुक्तिनाथ केबलकार : ४४१

सरकारका परियोजनाहरु:

१. काठमाण्डौ रिङरोड बस रापिड ट्रान्जिट परियोजना : १४९.५०
२. फोहोरमैला व्यवस्थापन परियोजना  बुटवल : ८.५०
३. एकीकृत कृषि पूर्वाधार परियोजना पर्सागढी : ६.१०
४. तमोर जलाशय परियोजना : १३५०
५. जानकी क्षेत्र विशेष परियोजना : २०
६. फोहोर मैला व्यवस्थापन केन्द्र जनकपुर : ६.१०
७. दोलखा फिल्म सिटी परियोजना : २५
८. गण्डकी प्राविधिक विश्वविद्यालय : ६१
९. एकीकृत कृषि पूर्वाधार परियोजना, बनेपा र चितवन : ४.४३
१०. तालतैया पर्यटन परियोजना : ४१
११. फोहोरमैला व्यवस्थापन केन्द्र रत्ननगर : ५.५०
१२. फोहोरमैला व्यवस्थापन केन्द्र धुलिखेल : ४.३०
१३. फोहोरमैला व्यवस्थापन केन्द्र जितपुर सिमरा : ८.३०
१४. रामग्राम तिलौराकोट बस रापिड ट्रान्जिट : २०२
१५. सूदुरपश्चिम परिवहन : ४३
१६. हेटौंडा स्मार्ट सिटी परियोजना : ३००
१७. एकीकृत कृषि पूर्वाधार आयोजना वीरेन्द्रनगर : ३.१५
१८. लुम्बिनी इन्टरनेशनल म्याट्रिनिटी अस्पताल : ३९
१९. धुलिखेल मेडिसिटी परियोजना : ७४
२०. सुनकोशी जलविद्युत आयोजना : १८००
२१. सुनकोशी दोस्रो जलविद्युत आयोजना : १०००
२२. नलसिंहगाड जलविद्युत : ९५०
२३. एसआर सिक्स जलविद्युत परियोजना : ८००
२४. एकीकृत कृषि पूर्वाधार आयोजना हेम्जा : ५.६३
२५. सिमरा विशेष आर्थिक क्षेत्र ब्लक बी र सी : ४४.८६
२६. मोतिपुर औद्योगिक क्षेत्र बुटवल : ८०.२७
२७. नौवस्ता औद्योगिक क्षेत्र परियोजना : ७७.६०
२८. अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परियोजना भक्तपुर : १६
२९. धुलिखेल ड्रिमल्याण्ड : ४३
३०. पश्चिम सेती जलविद्युत आयोजना : १४८०
३१. निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : ३०००
३२. पूर्वपश्चिम विद्युतीय रेल : ३०००
३३. पोखरा काठमाण्डौ लुम्बिनी विद्युतीय रेल : ३३५७
३४. काठमाडौं मेट्रो : ३०००
३५.  एकीकृत कृषि पूर्वाधार परियोजना मणिग्राम : ६.६६
३६. एकीकृत कृषि पूर्वाधार परियोजना गोदावरी : ३.१४
३७. एकीकृत कृषि पूर्वाधार परियोजना उर्लाबारी : ५.४५
३८. रासायानिक मल कारखाना : ६५०
३९. पश्चिम सेती एस आर सिक्स संयुक्त विद्युत परियोजना ः २२८०
४०. दमौली बहुउदेश्यीय परियोजना : ५५
४१. दोलखा शाहसिक शिक्षालय : ४५
४२. शे–फोक्सुन्डो लक्जरी रिसोर्ट : १००
४३. शिक्षा, खेलकुद तथा स्वास्थ्य शहर : १००
४४. स्की रिसोर्ट मनाङ : १००
४५. धनगढी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : २५८
४६. विराटनगर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : ३६४
४७. सामाखुसी टोखा छहरे सडक स्तरोन्नति परियोजना : २६४
४८. काठमाण्डौ बाहिरी रिङरोड परियोजना : १८७१
४९. तल्लो अरुण परियोजना : २३००
५०. खप्तड एकीकृत पर्यटन परियोजना : १८७

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार ११:३१