२६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026

नुवाकोट क्याम्पस स्ववियु निर्वाचन प्रकरणः सुशील वाग्लेलाई जिल्ला प्रवेश गरे सिध्याइदिने धम्की

११ चैत, काठमाडौँ । नुवाकोटको इतिहास बोकेको नुवाकोट आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको विषयलाई लिएर नेविसंघका विपिका अध्यक्ष सुशील वाग्लेलाई ज्यान मार्ने धम्की आएको छ । प्रशासन र व्यवस्थापन दुबै कांग्रेसमा रहेको क्याम्पसमा स्ववियु निर्वाचन गराउनु पर्छ भन्ने वाग्लेसहितका नेता कार्यकर्तालाई ज्यान मार्ने धम्की दिएको बुझिएको छ ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले केन्द्रीय स्तरबाटै आफुले हार्ने स्ववियु चुनाव नगराउने र हुन नदिने रणनीति लिएपछि यही चैत १० हुने भनिएको निर्वाचन स्थगित गरेर क्याम्पस प्रशासन र व्यवस्थापनले नै भाडाको मान्छे लगाएर अनेक किसिमका डर र धम्की दिएको वाग्लेले दैनिकीसँग बताएका छन । उनले आफूलाई फोन गरेर नुवाकोट प्रवेश गर्ने वित्तिकै सिध्याइदिने भन्दै धम्की दिएको भन्दै विज्ञप्ति नै जारी गरेका छन । उनले विज्ञप्तिमा भाडाको मान्छे प्रयोगको साटो आफैँ अघि आउन क्याम्पस प्रशासनलाई चेतावनी समेत दिएका छन ।

यस्तो छ नेविसंघ विपिको विज्ञप्ति

नेपाल विद्यार्थी संघ
नुवाकोट जिल्ला कार्यसमिति
बिषय : प्रेस बिज्ञपति
आफुलाई लोकतान्त्रिक तथा लोकतन्त्रको परायवाची दाबी गर्ने नेपाली काग्रेस निकट विद्यार्थी संघ नेविसंघले कुनै पनि संघ सगठनलाई निशेध गर्छु भनु कस्तो लोकतान्त्र हो ।यसै क्रममा नुवाकोटको आदर्श बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन बिषयमा नै हाम्रो संघ अर्थात नेपाली काग्रेस (वि पि) निकट नेविसंघको जिम्मेवारी उक्त क्याम्पसमा दिएर आए देखि नै मलाई र हाम्रो संघमा आबद्ध साथीहरूलाई डर त्राश धम्की दिने क्रम भै रहेकै थियो । त्यसै क्रममा स्ववियु निर्वाचन नहुने भए पछि पछिल्लो क्रमको बिकशित घटना क्रमको बिषयमा हाम्रो सगठनले निकालेको बिज्ञप्तिको बिषयमा लिगेर कोहि कसैले आफू निकट केही साथिहरुलाई प्रयोग गर्दै आज मलाई फोन गरि तिम्रो यस्तै पारा हो भने नुवाकोट आए पछि फर्केर जान पाउने छैनौ भने जस्ता शब्द प्रयोग गरि धम्की पुर्ण भाषा प्रयोग गरिएकोमा खेत प्रकट गर्दै के वि पिको राष्ट्रियता प्रजातन्त्र समाजवादमा यहि पर्छ हाम्रो संघ उहाँहरुलाई प्रश्न गर्न चान्छ । साथै आफ्नो झोले तथा हनुमानलाई हैन सास भए सिधै आफै फोन गर्न पनि अनुरोध गर्दछौ । पुन कसैको धम्की बाट नेविसंघ पछि नहट्ने कुरा पनि अबगत गराउदछौ ।
जय नेपाल वि पि
नेविसंघ जिल्ला
अध्यक्ष नुवाकोट
नेपाली काग्रेस (वि पि)

प्रकाशित मिति : March 25, 2019 at 10:29 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/