१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

हाँस्य टेलिसिरयल भद्रगोलको ‘पाँडे’ पात्रमा पाण्डे समाजले आपत्ति जनायाे

२८ फागुन, काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारित लोकप्रिय हाँस्य व्यंग्य टेलिसिरयल ‘भद्रगोल’ का चर्चित पात्र ‘पाँडे’ को भूमिकाका कारण सम्पुर्ण पाण्डेहरुलाई चोट पुगेको नेपाल पाण्डे समाजले जनाएको छ।

भद्रगोलको प्रस्तुतकर्ता मिडिया हवलाई पत्र पठाएरै पाण्डे समाजले सो पात्रलाई अतिशयोक्ति र कपोलकल्पित ढंगले प्रस्तुत गर्दा मुलुकभर रहेका पाण्डेहरुको मनमा चोट पुगेको बताएको छ।

मुलुकको एकीकरणदेखि नै हालसम्म पुर्याएको भूमिकाप्रति वेवास्ता गरेर पाण्डेलाई हास्य पात्रका रुपमा प्रस्तुत गरिएको भन्दै समाजमा असर पुयाउने कथा र प्रदर्शनलाई अस्विकार गर्ने चेतावनी पनि दिइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको एकीकरणदेखि हालसम्म विभिन्न स्थान र योग्यताबाट पुर्‍याएको उच्चस्तरको योगदानलाई चटक्कै भुलेर हाँस्य पात्रको रुपमा चित्रण गर्दा जोसुकैको मन दुख्नु स्वभाविकै हो । तसर्थ समाजमा असर पुर्‍याउने कथा र प्रदर्शन नस्वीकार्ने व्यहोरा जानकारी गराउँदै ध्यानाकर्षण गराउँछौं ।’

प्रकाशित मिति : March 12, 2019 at 6:01 pm