३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

प्रेम गीत–३ मा प्रदीप खड्काको बुबा बन्दै राजेश हमाल


२५ फागुन, काठमाडौं ।  सन्तोष सेनको ‘प्रेम गीत’ सिरिज फिल्ममा महानायक राजेश हमाल प्रदीप खड्काकाे बुबा बन्दै छन् ।  यो फिल्मको लागि अभिनेता प्रदीप खड्का फाइनल भइसकेका छन्, भने अर्को अभिनेता हमालसँग निर्माण पक्षले कुरा गरिरहेको छ । यो फिल्मको लागि मुख्य अभिनेत्री पनि फाइनल गरिएको छैन ।

निर्माण पक्षका अनुसार यो फिल्ममा पनि नयाँ अनुहारको खोजी भइरहेको छ । यो फिल्मलाई छेतन गुरुङले निर्देशन गर्ने भएका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार २१:०८