२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

नेपाल आइडलका विजेता रवि वडका कारण दुबईमा दर्शक राेए, किन रूवाए रविले दर्शक ?


२५ फागुन, युएई  । नेपाल आइडलका विजेता रवि वडका कारण दुबईमा दर्शक राेएका छन् । शुक्रबार दुबईमा सम्पन्न भएको गोर्खाली साँझ कार्यक्रममा वडले गीत गाउँदा उनका समर्थकहरु भावुक बन्दै राेएका हुन् । रविले सुदुरपश्चिमेली भाका, सालैजो,  सुन साँइली,  पिउँदिन भन्दाभन्दै पिलायो साथीले लगायतका गित गाउँदै गर्दा उपस्थित दर्शक भावुक बन्न पुगेका हुन् ।

  

आइडलका अन्य तीन कलाकारहरु अस्मिता अधिकारी, सुमित पाठक र बिक्रम बरालको प्रस्तुति सकिएलगत्तै रवि ओडलाई स्टेजमा ल्याइएको थियो। रविको प्रस्तुति हेर्नको लागि कार्यक्रमको अन्तसम्म पनि दर्शकहरुको भीड लागेको थियो। मनोज गोर्खाली र मदन अधिकारीको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा नेपाल आइडलका कलाकारसहित अन्य कलाकारहरूकाे पनि उपस्थिती थियाे ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार १६:३६

https://srdb.com.np/