१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

पूर्व मुख्यसचिव अर्याललाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

https://www.muktinathbank.com.np/online/loan-application

११ मंसिर, काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई अनुसन्धानका लागि चार दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका लागि म्याद थपको माग गर्दै शुक्रबार अदालतमा पेस गरेपछि अदालतले ४ दिनको समय दिएको हो ।

सीआईबीको टोलीले अर्याललाई बिहीबार मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको थियो । ब्युरोले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार उनलाई ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरको अनुसन्धानका सिलसिलामा नियन्त्रणमा लिइएको हो ।

अर्यालमाथि नेपाल सरकार र मलेसिया सरकारबिच भएको सम्झौता विपरीत गैरकानुनी रूपमा सङ्कलन गरिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप छ । उक्त रकम पठाउने निर्णयमा प्रत्यक्ष संलग्न रही आर्थिक लाभ लिने तथा दिलाउने कार्यमा समेत उनको भूमिका रहेको प्रहरीको दाबी छ ।

प्रकाशित मिति : November 27, 2026 at 3:45 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/