२ मंसिर २०८३, मंगलबार | Tue Nov 17 2026

पाँचखालको ह्वाइट पार्क रिसोर्टमा प्रहरीको छापा, ३६ चिनियाँ नागरिक पक्राउ

https://www.muktinathbank.com.np/online/loan-application

१ मंसिर, काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल–७ स्थित ह्वाइट पार्क रिसोर्टमा प्रहरीले छापा मारेको छ । सो क्रममा केही थान ल्यापटप र मोबाइलसहित ३६ जना चिनियाँ नागरिक नियन्त्रणमा लिइएको छ । शंकास्पद गतिविधि भइरहेको गुनासोपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले मंगलबार रिसोर्टमा छापा मारेको हो।

पक्राउ पर्नेमा ३१ जना पुरूष र ५ जना महिला रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन विष्टले जानकारी दिए।  विष्टका अनुसार केही थान ल्यापटप र मोबाइल सहित ३६ चिनियाँ नागरिक नियन्त्रणमा लिइएको हो । उनीहरूले दुई वटा कोठा भाडामा लिएर एउटा कार्यालयजस्तो बनाएका रहेछन्। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : November 17, 2026 at 4:40 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/