ललितपुरबाट १ करोड ६७ लाखसहित तीन जना पक्राउ
१ मंसिर, काठमाडौं । ललितपुरबाट ठूलो रकमसहित तीन जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भोजपुर नगरपालिका–३ घर भएका ३० वर्षीय दीपक खड्का, गोदावरी नगरपालिका–१० का ३२ वर्षीय जयराम केसी र काठमाडौं–१० नयाँ बानेश्वरका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन् ।
प्रहरीका अनुसार बागमती प्रदेश–०१–०२७ च २७६५ नम्बरको भ्यानमा १ करोड ६७ लाख ३३ हजार २ सय २० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रकाशित मिति : November 17, 2026 at 4:03 pm












