बैंकतर्फ नबिल सर्वाधिक कर तिर्नेमा सम्मानित, यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १९ करदाता
१ मंसिर, काठमाडौं । राष्ट्रिय कर दिवसका अवसरमा सरकारले चालु आर्थिक वर्षमा सर्वाधिक कर दाखिला गर्ने उत्कृष्ट करदाता तथा व्यावसायिक प्रतिष्ठानहरूलाई सम्मान गरेको छ। बैंकिङ क्षेत्रमा कारोबार गर्ने मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्नेमा नबिल बैंक लिमिटेडले रहेकाे छ।
आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा बढी कर तिर्ने बैंकको रुपमा नबिल बैंकलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो । नबिल बैंकका अध्यक्ष निर्माण चौधरीले सम्मानपत्र ग्रहण गरे । सोमबार आन्तरिक राजस्व विभागमा भएको विशेष कार्यक्रममा बीच अर्थमन्त्री डा स्वर्णिम वाग्लेले चौधरीलाई पुरस्कृत गरेका हुन् । त्यस्तै, व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्नेमा राजबहादुर शाह रहेका छन् ।

यी हुन् १९ विधामा उत्कृष्ठ कर तिर्ने करदाता-

प्रकाशित मिति : November 17, 2026 at 11:35 am












