बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बेपत्ता
३० कात्तिक, काठमाडौं । बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान साढे १० बजेतिर नम्बर नखुलेको अटो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बुंगल नगरपालिका–१० बस्ने अन्दाजी ४० वर्षीया राजमति महरा, १५ वर्षीया तारा महरा र ६ वर्षीया डल्ली महरा रहेका छन् । अटोमा सवार बालक बेपत्ता छन् । उनको खोजी भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन।
प्रकाशित मिति : November 16, 2026 at 1:22 pm










