हाथवे इन्भेष्टमेन्टले कमायो ३ करोड नाफा, प्रतिसेयर आम्दानी कति ?
३० कात्तिक, काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटाबाट नाफामा फर्किएको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत एकीकृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी २१ करोड ६ लाख रुपैयाँ घाटामा थियो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी उल्लेख्य रूपमा बढेको छ। गत वर्षको पहिलो त्रैमासमा ९७ लाख ६ हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी बढेर यस वर्ष ४३ करोड ४१ लाख ४५ हजार रुपैयाँ पुगेको छ।
कम्पनीको कुल आम्दानी ४३ करोड ४२ लाख ३० हजार रुपैयाँ पुगेको छ भने कुल खर्च ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीले करअघिको नाफा ३ करोड ९७ लाख ८९ हजार रुपैयाँ आर्जन गरेको छ।
कम्पनीको चुक्तापूँजी १ अर्ब ५८ करोड ५५ लाख ८४ हजार रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको सञ्चित घाटा ६ करोड ६ लाख २९ हजार रुपैयाँमा सीमित भएको छ।
कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी (ईपीएस) ३.७९ रुपैयाँ पुगेको छ। त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ६२.८१ रुपैयाँ रहेको छ।
प्रकाशित मिति : November 16, 2026 at 1:14 pm










