भारत, चीन र इजरायलका नवनियुक्त राजदूतले लिए शपथ
३० कात्तिक, काठमाडौं । भारत, चीन र इजरायलका लागि नवनियुक्त नेपाली राजदूतहरूले शपथ लिएका छन्। सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना राजदूतहरूले शपथ लिएका हुन् ।

भारतका लागि राजदूत डा. निश्चलराज पाण्डे, चीनका लागि राजदूत डा.कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेश कर्णले शपथ लिएका हुन् । राष्ट्रपति पौडेलले आजै सरकारको सिफारिसमा उनीहरूलाई नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गरेका हुन् ।
प्रकाशित मिति : November 16, 2026 at 12:25 pm










