१ मंसिर २०८३, सोमबार | Mon Nov 16 2026

हिमालयन रि-इन्स्योरेन्सको नाफा १० करोड ३६ लाख, प्रतिसेयर आम्दानी कति ?

३० कात्तिक, काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्ममा १० करोड ३६ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। याे नाफा गत आर्थिक वर्षको सोही अवधिकाे तुलनामा ५७.८२ प्रतिशतले कम हाे । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ५८ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

 गत वर्षको असोजसम्म १ अर्ब १ करोड १० लाख ९ हजार रुपैयाँ रहेको कम्पनीको खुद आर्जित बीमाशुल्कमा चालु वर्षको सोही अवधिमा ५९ करोड १ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, कुल आम्दानी १ अर्ब २४ करोड ७२ लाख ४७ हजार रुपैयाँबाट घटेर ७९ करोड ६० लाख ६९ हजार रुपैयाँमा झरेको छ ।

कम्पनीको चुक्ता पुँजी १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ र विपत्ति कोष १४ करोड ४४ लाख १५ हजार रुपैयाँ रहेकाे छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५ पैसाबाट घटेर ३ रुपैयाँ ८२ पैसामा झरेको छ।

प्रकाशित मिति : November 16, 2026 at 9:27 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/