३० कार्तिक २०८३, आइतबार | Sun Nov 15 2026

हुसेन तलतको अर्धशतकमा कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य

२९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ अन्तर्गत चितवन राइनोजविरुद्ध कर्णाली याक्सले १५३ रन बनाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनायो।

कर्णालीका लागि हुसेन तलतले अर्धशतकीय इनिङ्स खेले। उनले ३३ बलमा २ चौका र ३ छक्काको मद्दतले अविजित ५१ रन बनाए। तलातले अन्तिमसम्म क्रिजमा टिकेर टोलीलाई सम्मानजनक योगफलसम्म पुर्‍याए। कर्णालीका ओपनर अरिफुल इस्लामले आक्रामक सुरुवात गर्दै १५ बलमा ४ चौका र २ छक्कासहित ३५ रन बनाए। गुल्सन झाले ६ बलमा १८ रन थपे। उनले १ चौका र २ छक्का प्रहार गरे।

पवन सर्राफले २१ बलमा १५, दीपक दुम्रेले १० बलमा ७, डेभिड मिलरले ८ बलमा ५, सोमपाल कामीले ९ बलमा ४ र मार्क वाटले १५ बलमा ६ रन बनाए। नन्दन यादव २ रनमा अविजित रहे। बलिङतर्फ चितवनका कमल सिंह ऐरी, सलाहुद्दीन खान र उसामा मीरले दुई–दुई विकेट लिए भने सिकन्दर रजा र रिजन ढकालले एक–एक सफलता हात पारे ।

प्रकाशित मिति : November 15, 2026 at 2:25 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/