नेपाल टेलिकमको खुद नाफा ३७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?
२९ कात्तिक, काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा ३७.३५ प्रतिशतले बढी हो।समीक्षा अवधिमा खुद नाफा १ अर्ब ८२ करोड १ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ८ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ सञ्चालन आय गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ थियो।

त्यस्तै, कम्पनीको कुल आय ९ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो तीन महिनामा कुल आय ९ अर्ब ४७ करोड १० लाख रुपैयाँ थियो। यस अवधिमा कुल आय ६६ लाख ४६ हजार रुपैयाँले बढेको देखिन्छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ८८ करोड २१ लाख रुपैयाँ रहेको करअघिको मुनाफा समीक्षा अवधिमा २ अर्ब ९८ करोड ७४ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ४५ पैसा रहेको छ।
प्रकाशित मिति : November 15, 2026 at 11:31 am










