जनकपुरले जित्यो टस, चितवनलाई फिल्डिङको निम्तो
२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को जारी तेस्रो सिजनअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ। टस जितेर जनकपुरले चितवन राइनोजलाई फिल्डिङको निम्तो दिएको हो।
आजको खेलमा जनकपुरले एक परिवर्तन गरेको छ । जनकपुरको अनिल शाहको स्थानमा सन्तोष कार्की आएका छन्। त्यस्तै चितवनले पनि एक परिवर्तन गरेको छ । डान मोस्लीको स्थानमा डाविड मलान आएका छन्।
प्रकाशित मिति : November 13, 2026 at 4:59 pm










