२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

तिहारपछिको पहिलो कारोबारको दिन नेप्सेमा गिरावट, कारोबार रकम पनि घट्यो

२७ कात्तिक, काठमाडौं । तिहार बिदापछिको पहिलो कारोबारको दिन नेप्सेमा झिनो अंकको गिरावट आएको छ । शुक्रबार नेप्से परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ।

यस दिन ३ अर्ब ५ करोड ४२ लाख ७४ हजार रुपैयाँबराबरको ७८ लाख ४४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। यस दिन श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सेयरमूल्य सर्वाधिक ७.५६ प्रतिशत बढेको छ। क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य यस दिन सर्वाधिक ९.५६ प्रतिशत घटेको छ।

यस दिन घोराही सिमेन्ट इण्डष्ट्रीकाे सर्वाधिक काराेबार भएकाे छ । सो कम्पनीको यस दिन ४० करोड ७ लाख ४२ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति : November 13, 2026 at 3:21 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/