तिहारपछि सुनको मुल्यमा भारी गिरावट
२७ कत्तिक, काठमाडौं । तिहारपछि सुनको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १२ हजार ६ सय रुपैयाँ घटेको हो ।
महासंघले सोमबारपछि एकैपटक शुक्रबार अन्तर्राष्ट्रिय मूल्यअनुसार मूल्य समायोजन गर्दा सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँमा झरेको हो । यसअघि सोमबार २ लाख ८४ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मुल्य तोलामा १५५ रुपैयाँ घटेको छ । सोमबार प्रतितोला ३ हजार ८५५ रुपैयाँ रहेको चाँदी आज ३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : November 13, 2026 at 11:03 am








