मंसिर ९ गतेदेखि ‘नबिल ग्रोथ फण्ड’ निष्काशन गर्दै नबिल इन्भेष्टमेन्ट
२७ कात्तिक, काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले नबिल म्युचुअल फण्ड अन्तर्गत मंसिर ९ गतेदेखि नबिल ग्रोथ फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्काशन गर्न लागेको हो।
सोमध्ये न्यूनतम १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाईमध्ये १४ प्रतिशत वा न्यूनतम १ करोड ४० लाख इकाई कोष प्रर्वद्धक नबिल बैंकका लागि तथा १ प्रतिशत वा न्यूनतम १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । आवेदन मंसिर १४ गतेसम्म दिन सकिनेछ । उक्त अवधिमा पर्याप्त आवेदन नपरे निष्कासन अवधि मंसिर २३ गतेसम्म लम्बिनेछ ।
फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टट लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।
प्रकाशित मिति : November 13, 2026 at 9:52 am










