२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

चालक निदाउँदा गाडी भीरमा : १४ जनाको मृत्यु, ६ जना घाइते

२६ कात्तिक, काठमाडाैँ । मकवानपुरको भीमफेदीमा ईभी गाडी सडकबाट ७ सय मिटर तल खस्दा १४ जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित २० जना सवार रहेकोमा ६ जना घाइते भएका छन्। दुर्घटनाका घाइतेले बताए अनुसार चालक निदाउँदा गाडी भीरबाट खसेको थियो ।

बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौंँबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीबाट करिब ७ सय मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनापछि सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मीले उद्धार थालेका थिए । दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये ११ जनाको शव हेटौंडा अस्पताल ल्याइएको थियो। दुर्घटनास्थलबाट थप तीन जनाको शव फेला परेसँगै मृतकको संख्या १४ पुगेको हो। फेला परेका थप तीन जनाको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका २५/२६ वर्षीय सुवेक यादव, ८ वर्षीया शिक्षा यादव, ४ वर्षीया दिपिका कुमारी यादव, २५ वर्षीय सुवोध यादव, ११ वर्षीया अनु राय यादव, १५ वर्षीय रोहन यादव, २७ वर्षीय राम दुलार राय यादव, ३० वर्षीय गुड्ड राय यादव, २७ वर्षीया गायत्री देवी यादव र २७ वर्षीया पुनम यादव रहेका छन्।

त्यस्तै, सर्लाहीको कबिलासी नगरपालिका–८ का ३० वर्षीय रवि शंकर कुमार मण्डलको पनि दुर्घटनामा मृत्यु भएको छ। उनी ईभीका चालक हुन्।

दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि हेटौंडा अस्पतालबाट डिस्चार्ज भएका छन् । थप तीन जनालाई भने चितवनका अस्पतालमा उपचारका लागि रिफर गरिएको छ।

डिस्चार्ज हुनेमा चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र यादव छन्।

चितवन रिफर गरिएकामा ३ वर्षीय सुजन यादव, ३१ वर्षीय देवेन्द्र राय यादव र १६ महिनाका सुदिप यादव रहेका छन्। उनीहरूमध्ये देवेन्द्र राय यादवको अवस्था गम्भीर रहेको छ भने सुजन यादव र सुदिप यादवको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परेको ईभीमा चालकसहित कुल २० जना सवार थिए। तीमध्ये १४ जनाको मृत्यु भएको र ६ जना घाइते भएका छन्।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले दुर्घटनामा १४ जनाको मृत्यु भएको र ६ जना घाइते भएको पुष्टि गरेका छन्।

प्रकाशित मिति : November 12, 2026 at 3:40 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/