२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

भीमफेदीमा ईभी दुर्घटना : १० जनाको मृत्यु, तीन जना गम्भीर घाइते

२६ कात्तिक, मकवानपुर । हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा यात्रुवाहक विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा तीन महिला, दुई बालिका र पाँच पुरुष रहेका छन् । उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरूको पहिचान खुल्न सकेको छैन । मृतकमध्ये अधिकांश सर्लाही जिल्लाका रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

काठमाडौंवाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी गाडी चिसापानीगढीमा सडकबाट करिब ७ सय मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

उक्त गाडी सर्लाहीका यात्रु लिएर बिहीबार बिहान काठमाडौंवाट हेटौंडाका लागि प्रस्थान गरेको थियो । दुर्घटनामा घाइते भएका तीनै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : November 12, 2026 at 9:05 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/