अवैध लागूऔषधसहित नुवाकोटका कटिन्चे काठमाडौंबाट पक्राउ
२३ कात्तिक, काठमाडौं । अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१६ डेरा गरी बस्ने नुवाकोट घर भएका २९ वर्षीय कटिन्चे तामाङ रहेका छन् ।
तामाङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजु बाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले छ ।
प्रकाशित मिति : November 9, 2026 at 4:32 pm










