२४ कार्तिक २०८३, सोमबार | Mon Nov 9 2026

२४ घण्टामा ४०७ जना ट्राफिक प्रहरीकाे कारबाही

२३ कात्तिक, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ४०७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबर बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १००, सिसिटिभिमार्फत २५, रातोबत्तीमा १२ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १०५, हर्न निषेधमा ४, अवस्था ठिक नभएको ८ जना र अन्यमा १९ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : November 9, 2026 at 3:24 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/