सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा १० करोड २९ लाख, प्रतिसेयर आम्दानी कति ?
२३ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा १५.९३ प्रतिशतले गिरावट आएको छ । यस अवधिमा कम्पनीले १० करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको नाफा १२ करोड २४ लाख रुपैयाँ रहेको थियो ।
गत वर्षको पहिलो त्रैमासमा ६८ हजार १७२ वटा पोलिसि बिक्री गरेको कम्पनीले यस वर्षको सोही अवधिमा ५१ हजार ३२५ वटा पोलिसि बिक्री गरेको छ । गत वर्षकाे असाेज मसान्तसम्म ७ लाख ५८ हजार ७६९ जना रहेकाे सक्रिय बीमितको संख्या ६ लाख ३९ हजार ६३ जनामा झरेको छ ।

कम्पनीको खर्च भने वृद्धि भएको छ । गत वर्षको पहिलो त्रैमासमा ३ अर्ब ७७ करोड रुपैयाँ खर्च गरेको कम्पनीले यस वर्षको सोही अवधिमा यस्तो खर्च बढेर ४ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । जीवन बीमा कोषमा ५४ अर्ब रुपैयाँ रहेको कम्पनीले ४१ अर्ब रुपैयाँ दिर्घकालका लागि र ११ अर्ब रुपैयाँ अल्पकालका लागि विभिन्न क्षेत्रमा लगानी गरेको छ ।याेसँगै कम्पनीको प्रतिसेयर आम्दानी घटेर ८.२२ रुपैयाँमा झरेको छ । गत वर्षको सोही अवधिमा ९.७८ रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १३७.७३ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति : November 9, 2026 at 1:12 pm










