पोखराले टस जित्यो, कर्णालीविरुद्ध ब्याटिङ गर्दै
२३ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।

कर्णालीले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ। युनिश सिंह ठकुरी र हुसेन तलतको स्थानमा युवराज खत्री र जिशान आलमले मौका पाएका छन्। पोखराले भने तीन खेलाडी परिवर्तन गरेको छ। सागर ढकाल, सुदिप अर्याल र सदीरा समराविक्रमाको स्थानमा सन्नी बिक, विवेक राना मगर र धनञ्जय लक्षणले टोलीमा स्थान बनाएका छन्।
प्रकाशित मिति : November 9, 2026 at 12:32 pm










