२४ कार्तिक २०८३, सोमबार | Mon Nov 9 2026

दैलेखमा बिरामी बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

२३ कात्तिक, काठमाडौं । दैलेखमा बिरामी बोकेको गाडी दुर्घटना भएको छ । आज बिहान दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा भएको दुर्घटनामा परेर ६ जना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सन्नित्रिवेणि गाउँपालिका–७, कालिकोटका ४१ वर्षीय रने सार्की रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

सोमबार बिहान गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको जिप सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको थियो । कर्णाली राजमार्गअन्तर्गत कालिकोटबाट विष सेवन गरेका एक व्यक्तिलाई अक्सिजनसहित सुर्खेततर्फ लैजाँदै गरेको बोलेरो दुर्घटनामा परेको थियो।

 दुर्घटनामा गाडी चलाक सान्नी त्रिवेणी गाउँपालिका–७ कालिकोटका २२ वर्षीय योगेश सिम्खडा गम्भीर घाइते भएका छन् । चालक सिम्खडाको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै घाइते हुनेमा सोही ठाउँका १८ वर्षीय गंग सार्की, २१ वर्षीय तपेन्द्र सिम्खडा, ३६ वर्षीया जादुकाल सार्की र २७ वर्षीया कैसी सार्की छन् । कैसी बिरामी हुन् । घाइते सबैलाई उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रकाशित मिति : November 9, 2026 at 10:29 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/