२४ कार्तिक २०८३, सोमबार | Mon Nov 9 2026

एनपिएलमा आज कर्णालीले पोखरा र काठमाडौंले चितवनसँग भिड्दै

२३ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनिपएल)मा आज दुई खेल हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा दिउँसो १ बजे कर्णाली याक्सले पोखरा एभेन्जर्ससँग र साँझ ५ बजे चितवन राइनोजले काठमाडौं गोर्खाजको सामना गर्नेछ।

सुरूवाती दुई खेल जितेको कर्णालीले पछिल्लो दुई खेलमा भने पराजय भोगेको छ। त्यसकारण उसका लागि आजको खेल अत्यन्त महत्त्वपूर्ण छ। कर्णाली ४ खेलबाट २ अंक जोड्दै अहिले तालिकाको छैटौं स्थानमा छ।

पोखराको भने यो सिजन खराब प्रदर्शन रह्यो। उसले अहिलेसम्म ४ खेल खेलिसक्दा अहिलेसम्म जित निकाल्न सकेको छैन। पोखरा तालिकाको पुछारमा छ। काठमाडौं ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। पहिलो खेल हारेको उसले त्यसपछिका बाँकी तीनै खेलमा उत्कृष्ठ प्रदर्शन गर्दै जित निकालेको छ। चितवन ४ खेलबाट ५ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ।

प्रकाशित मिति : November 9, 2026 at 9:27 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/