२३ कार्तिक २०८३, आइतबार | Sun Nov 8 2026

सेयर बजारमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? तिहारपछि सेयर किन्दा यी कम्पनीको लाभांश पाइन्छ

२२ कात्तिक, काठमाडौं । तिहारपछि सेयर बजारमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने अझै पनि १७ वटा सूचीकृत कम्पनीको सेयर खरिद गरेर घोषित लाभांश प्राप्त गर्ने अवसर छ। ती कम्पनीले लाभांश घोषणा गरिसके पनि अहिलेसम्म बुक क्लोजको मिति तय गरेका छैनन्।

सूचीकृत कम्पनीहरू आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने तयारीमा छन्। कतिपय कम्पनीले लाभांश घोषणा गरेर साधारणसभाको तयारी गरिरहेका छन् भने कतिपयले साधारणसभाको मिति र बुक क्लोजको निर्णय गर्न बाँकी छ।

कम्पनीले लाभांश घोषणा गरेपछि बुक क्लोजको मिति तोक्छन्। बुक क्लोज हुनुअघि कायम सेयरधनीले कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्ने भएकाले सम्बन्धित कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ताले पनि लाभांश पाउनेछन्।

तिहारपछि पनि लाभांश प्राप्त गर्न सकिने कम्पनीमा तीनवटा वाणिज्य बैंक, दुईवटा विकास बैंक, एउटा उत्पादन तथा प्रशोधन क्षेत्रको कम्पनी, ६ वटा जलविद्युत् कम्पनी र पाँचवटा लघुवित्त संस्था छन्। य

यी कम्पनीले नगद लाभांश, बोनस सेयर तथा नगद र बोनस सेयरको मिश्रित लाभांश घोषणा गरेका छन्।  नगद लाभांश साधारणसभाबाट पारित भएपछि सम्बन्धित कम्पनीले सेयरधनीको बैंक खातामा पठाउने प्रक्रिया सुरु गर्छन्। सामान्यतया एक प्रतिशतभन्दा कम नगद लाभांश घोषणा गरिएका कम्पनीमा यस्तो रकम बोनस सेयर वितरण गर्दा लाग्ने कर प्रयोजनका लागि छुट्याइएको हुन सक्छ।

बोनस सेयर भने नगद लाभांशको तुलनामा केही ढिलो प्राप्त हुन्छ। कम्पनीको साधारणसभाबाट पारित भएपछि आवश्यक प्रक्रिया पूरा गरी धितोपत्र बोर्डमा दर्ता भएपछि मात्रै बोनस सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा हुन्छ।

कम्पनी बोनस सेयर (%) नगद लाभांश (%) कुल लाभांश (%)
लक्ष्मी सनराइज बैंक ५ ०.२६ ५.२६
स्ट्यान्डर्ड चार्टर्ड बैंक — १६ १६
एनएमबी बैंक — ७ ७
महालक्ष्मी विकास बैंक ३.७ ३.७८ ७.४८
मितेरी डेभलपमेन्ट बैंक ५ ६ ११
युनिलिभर नेपाल — १,५४० १,५४०
अपी पावर ५ ०.२६३ ५.२६३
मकर जितुमाया सुरी १३ ०.६८४ १३.६८४
कुथेली बुखरी स्मल हाइड्रोपावर १८ ०.९४७ १८.९४७
सिक्लेस हाइड्रोपावर १२.७०६ ०.६६९ १३.३७५
मिड सोलु हाइड्रोपावर १५ ०.७८९ १५.७८९
युनाइटेड इदी मर्दी ५ ०.२६३ ५.२६३
छिमेक लघुवित्त ११.९६३१ १३.०३६९ २५
आरएसडीसी लघुवित्त — ९.४० ९.४०
हिमालयन लघुवित्त ४.७५ ०.२५ ५
फस्र्ट माइक्रोफाइनान्स — ११.०५२ ११.०५२
ग्लोबल आईएमई लघुवित्त ६ ३.५० ९.५०

प्रकाशित मिति : November 8, 2026 at 3:18 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/