२३ कार्तिक २०८३, आइतबार | Sun Nov 8 2026

साइबर ब्युरो उपस्थित हुँदै कांग्रेस सहमहामन्त्री शिवाकोटी

२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले आफू नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएकाले उपस्थित हुन लागेको बताएका छन् ।उनले सामाजिक सञ्जालमार्फत एक घण्टापछि साइबर ब्युरो पुग्न लागेको जानकारी दिएका हुन् ।

चाडबाडको बिदाका दिनसमेत प्रहरीको ताकेता आएपछि साइबर ब्युरो जान लागेको उनले बताए । उनले फेसबुकमा लेखेका छन्, ‘चाडपर्वको बिदाको बेलामा समेत प्रहरीको ताकेता आएपछि एक घण्टापछि साइबर ब्युरोमा पुग्दैछु । आजका सबै भेटघाट सम्भव भएसम्म साइबर ब्युरोमै गर्दैछु ।’

प्रकाशित मिति : November 8, 2026 at 12:43 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/