दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी
२२ कात्तिक, काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित महेन्द्र शालिक नजिकै रहेको लिक्विड लाउन्ज बारमा आगलागी भएको छ । काठमाडौं उपत्यका कार्यालय रानीपोखरीका अनुसार आज बिहान करिब ९ बजेतिर आगलागी भएको हो ।

बारमा लागेको आगो निभाउन दुई वटा दम्कल घटनास्थल पुगिसकेको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षति र आगलागीका कारण भने अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : November 8, 2026 at 11:13 am










