२३ कार्तिक २०८३, आइतबार | Sun Nov 8 2026

राष्ट्र बैंकले कात्तिक २७ गते दरखास्त आह्वान गर्दै

२२ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रशासन तथा प्राविधिक सेवाका रिक्त पदमा पदपूर्तिका लागि दरखास्त कात्तिक २७ गते आह्वान गर्ने भएको छ । यसको सूचना भने कात्तिक २८ गते मात्रै प्रकाशित गर्ने जनाएको छ ।

बैंकको मानव संसाधन व्यवस्थापन विभागले जारी गरेको विशेष सूचनाअनुसार उक्त सूचना बैंकको वेबसाइट, इन्ट्रानेट र सूचनापाटीमा कात्तिक २७ गते प्रकाशन हुनेछ ।बैंकले २०८३ असार मसान्तसम्म रिक्त रहेका प्रशासन तथा प्राविधिक सेवाका पद पूर्ति गर्न दरखास्त आह्वान गर्न लागेको हो ।

इच्छुक उम्मेदवारले विद्युतीय माध्यमबाट दरखास्त फाराम बुझाउन सक्नेछन् । कात्तिक २७ गते गोरखापत्र दैनिक प्रकाशित नहुने भएकाले दरखास्त आह्वानसम्बन्धी सूचना कात्तिक २८ गतेको गोरखापत्र दैनिकमा प्रकाशन गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : November 8, 2026 at 10:49 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/