सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशको नाम अनुमोदन
२१ कात्तिक, काठमाडौँ । संसदीय सुनुवाइ समितिबाट सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशको नाम अनुमोदन भएको छ ।
समितिको शनिबार बसेको बैठकले न्यायपरिषद्बाट सिफारिस भएका डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम अनुमोदन गरेको हो ।

प्रस्तावित न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका थिए । ती उजुरीमाथि छलफल गरेर समितिले न्यायाधीशको नाम अनुमोदन गरेको हो ।
अब चारै जना सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनेछन ।
प्रकाशित मिति : November 7, 2026 at 4:34 pm










