२१ कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीद्धारा सपथ ग्रहण

२० कात्तिक, काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक ज्यूहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

माछापुच्छ्रे बैंक लिमिटेडको २८औँं वार्षिक साधारण सभा मार्फत संस्थापक सेयरधनीहरूको तर्फबाट बैंक संचालक समितिमा निर्विरोध निर्वाचित भए लगत्तै बसेको बैंक संचालक समितिको ५६७ औँ बैंठकले उनलाई आगामी ४ वर्षे कार्यकालका लागि अध्यक्ष पदमा नियुक्ति गर्ने निणर्य गरेको थियो ।

प्रकाशित मिति : November 6, 2026 at 5:16 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/