२१ कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

पर्यटन बोर्डको सीईओका लागि १६ जनाको नाम सर्टलिस्ट, को-को परे ?

२० कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि १६ जना उम्मेदवारहरूको नाम सर्टलिस्टमा परेको छ । बोर्डको कार्यकारी प्रमुख छनोट उपसमितिले सूचना जारी गर्दै उम्मेदवारहरूको संक्षिप्त सूची सार्वजनिक गरेको हो।

नेपाल पर्यटन बोर्ड, कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ को दफा ६ को उपदफा (१) को खण्ड (क) र दफा ६ को उपदफा (२) बमोजिम विज्ञहरूको मूल्यांकनबाट सबैभन्दा बढी अंक हासिल गरेका १६ जनालाई वर्णानुक्रमअनुसार सर्टलिस्ट गरिएको छनोट उपसमितिले जनाएको छ।

सर्टलिस्टमा पर्नेहरूमा आशुतोष प्रधान, उत्तम प्रसाद देवकोटा , टेक बहादुर महत, धर्मराज दवाडी, नोजल कोइराला, युविका भण्डारी, राजाराम के.सी., राम चन्द्र सेढाइ, रोहिणी प्रसाद खनाल, लक्ष्मण गौतम, विनोद अर्याल, श्रद्धा श्रेष्ठ, श्री प्रसाद भट्टराई, सन्तोष विक्रम थापा, सुरेश सिंह बुडाल र हिक्मत सिंह ऐर रहेका छन् ।

सर्टलिस्टमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरणका लागि आगामी मंसिर १० गते बिहान ८:१५ बजेको समय निर्धारण गरिएको छ। उम्मेदवारहरूलाई आफ्ना सम्पूर्ण शैक्षिक योग्यता र अनुभवका सक्कलै (ओर्जिनल) कागजातसहित पर्यटन बोर्डको सचिवालय, भृकुटीमण्डपमा सम्पर्क राख्न सूचित गरिएको छ।

प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि उपसमितिले उत्कृष्ट ३ जनाको नाम बोर्डसमक्ष सिफारिस गर्नेछ र तीमध्येबाट एक जनालाई नेपाल पर्यटन बोर्डको सीईओ नियुक्त गरिनेछ।

प्रकाशित मिति : November 6, 2026 at 3:10 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/