दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता
२० कात्तिक, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) मा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ ।आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित कार्कीले बिहीबार वकिलहरूमार्फत सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । उक्त रिट शुक्रबार दर्ता भएको हाे ।

मन्त्रिपरिषद्को कात्तिक १८ को निर्णय अनुसार कार्कीलाई आईजीपीबाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको थियो । कार्कीले मन्त्रिपरिषद्को निर्णयको पत्र बुझेका छैनन् ।
प्रकाशित मिति : November 6, 2026 at 1:24 pm










