ग्लोबल आइएमई लघुवित्तको स्वतन्त्र सञ्चालकमा विश्वराज बराल नियुक्त
२० कात्तिक, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा विश्वराज बराल नियुक्त भएका छन्। संस्थाको सञ्चालक समितिको कात्तिक १९ गते बिहीबार बसेको २३२औँ बैठकले बराललाई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन हुने गरी स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

बरालसँग बैंकिङ तथा वित्तीय क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव रहेको संस्थाले जनाएको छ। उनले नेपाल बैंक लिमिटेड, राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, राष्ट्रिय बीमा कम्पनी लिमिटेड तथा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा सञ्चालक समितिको सदस्यका रूपमा समेत काम गरिसकेका छन्।
प्रकाशित मिति : November 6, 2026 at 1:02 pm










