२१ कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

आइसीएफसी फाइनान्सको सीईओमा अमित श्रेष्ठ नियुक्त

२० कात्तिक, काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अमित श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कात्तिक २० गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा संस्थाको नेतृत्व गर्दै आएका श्रेष्ठलाई सञ्चालक समितिले पूर्णकालीन सीइओको जिम्मेवारी सुम्पिएको हो। लामो समयदेखि आइसिएफसी फाइनान्समा आबद्ध रहँदै आएका श्रेष्ठ यसअघि बैंक तथा वित्तीय क्षेत्रमा विभिन्न जिम्मेवारी पूरा गर्दै आएका अनुभवी व्यावसायिक पात्र हुन्। उनले यसअघि संस्थाको नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कुशल भूमिका निर्वाह गरेका थिए।

प्रकाशित मिति : November 6, 2026 at 11:22 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/