प्रि ओपन सेसन २.३५ अंकले घट्यो नेप्से
२० कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से २.३५ अंकले घटेर २६५०.२३ विन्दुमा झरेको छ।
शुक्रबार प्रि ओपन सेसनमा १८ लाख ४५ हजार ५९० रुपैयाँ बराबरको ३ हजार ८०० कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : November 6, 2026 at 11:03 am










