२१ कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

लाभांश वितरणको प्रस्ताव पारित गर्न अपि पावरले बोलायो साधारण सभा

२० कात्तिक, काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले मंसिर १८ गते कार्की ब्याङ्कवेट, बबरमहल, काठमाडौँमा २३ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै सभाले चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर निष्काशन रद्द गर्ने, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण अनुमोदन गर्ने, सञ्चालक समितिमा रिक्त सञ्चालक पदमा भएको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ८ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : November 6, 2026 at 10:28 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/