२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष थापाले सम्हाले कार्यभार

१९ कात्तिक, काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. राजन विक्रम थापाले कार्यभार सम्हालेका छन् । नवनियुक्त अध्यक्ष थापाले आज कात्तिक १९ गतेबाट पदभार सम्हालेका हुन् । उनले पदभार सम्हाल्ने क्रममा कर्मचारीहरुलाई आन्तरिक सुशासन कायम गर्न र बीमाको पहुँच विस्तारमा लाग्न निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा गत मंगलबार बसेको मन्त्रीपरिषद बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो । बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नवनियुक्त अध्यक्ष थापालाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

प्रकाशित मिति : November 5, 2026 at 5:45 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/