काठमान्डुले टस जित्यो, विराटनगरलाई ब्याटिङको निम्तो
१९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार विराटनगर किंग्स र काठमाडौं गोर्खाजबीचको दोस्रो खेलमा काठमाडौंले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन्।

विराटनगरको पहिलो रोजाइमा कुनै परिवर्तन गरिएको छैन । काठमान्डुको पहिलो रोजाइमा तीन परिवर्तन गरिएको छ । मोहम्मद आदिल आलमसहित रिपोन मन्डोल र स्मित पटेलको स्थानमा नेपाली विकेटकिपर साहिल पटेल, विल बोसिस्टो र सहान अराचिगे काठमान्डुको पहिलो रोजाइमा खेल्दैछन् ।
प्रकाशित मिति : November 5, 2026 at 5:04 pm








