लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य
१९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले जनकपुरलाई जितका लागि १५० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको हो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए । उनले ३१ बल खेल्दै ४ चौका र १ छक्का रहार गरे । निरोशन डिकवेलाले २७ बल खेल्दै २ चौका र १ छक्का मदतमा २७ रन नै जोडे । आसिफ शेख र दिलीप नाथले समान २१ रन जोड्दा शामिन हुसेनले १३ रन बनाए । ओपनर डार्शी सर्ट खेलको पहिलो बलमै आउट भएका थिए ।

रुबेन ट्रम्पलम्यानले ८ बल खेल्दै २ छक्का मदतमा १५ रन बनाए । आठौं नम्बरमा ब्याटिङमा आएका सन्दीप जोरा ९ रन बनाएर आउट भए । १७ ओभर स्पीनबाट बलिङ गराएको जनकपुरका लागि स्पीनरले ४ विकेट लिंदा पेसरले ३ विकेट लिएका थिए । १६औं ओभरपछि लगातार ३ ओभर मात्र पेस बलिङ गरेको जनकपुरका लागि अभिषेक तिवारी र राहुल यादवले ३ विकेट लिए । अन्तिम ओभर स्पीनरले नै बलिङ गरेका थिए । जनकपुरका विशाल सुशलिङ र राहुल २-२ विकेट लिए । विशालले ४ ओभरमा २१ र राहुलले २ ओभरमा १७ रन खर्चिए । कप्तान हर्मीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले १-१ विकेट लिए ।
प्रकाशित मिति : November 5, 2026 at 2:19 pm










