२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

कान्तिपुर फर्मास्युटिकल्सले ८० लाख कित्ता आईपीओ निष्कासन गर्न पायो अनुमति

१९ कात्तिक, काठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि ८० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबाेन) ले कम्पनीलाई आइपीओ निष्काशनकाे अनुमति दिएकाे हाे ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ८० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो। कुल निष्कासनमध्ये १७ लाख कित्ता अर्थात् २१.२५ प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याइएको छ। त्यस्तै, बाँकी ६३ लाख कित्ता अर्थात् ७८.७५ प्रतिशत सेयर अन्य समूहका लागि छुट्याइएको छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : November 5, 2026 at 1:59 pm

https://www.nabilbank.com/individual