२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

बैंकिङ कसुर मुद्दामा १ करोड ५१ लाख जरिवाना र १ वर्ष कैद सजाय भएका फरार प्रतिवादीहरू पक्राउ

१९ कात्तिक, काठमाडौं ।  बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे बनेपा नगरपालिका-६ बस्ने ४० वर्षीय सुबिन बैदार र काठमाडौं महानगरपालिका-१६ वनस्थली बस्ने गोरखा घर भएका ३२ वर्षीय दुर्गा गुरूङ बस्नेत रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंको २०८३ असार ३२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १ कराेड ५१ लाख जरिवाना र १ वर्ष कैद सजाय ठहर भई फरार रहेका सुबिनलाई काभ्रे बनेपा नगरपालिका-७ बनेपाबाट बुधबार पक्राउ गरेको हो । यसैगरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका दुर्गालाई काठमाडौं नागार्जुन नगरपलिका-१ रानीवनबाट मंगलबार पक्राउ गरेको हो । पक्राउ मध्ये सुबिनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ भने दुर्गालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।

प्रकाशित मिति : November 5, 2026 at 11:57 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/