२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

हिमालयन रिइन्स्योरेन्सको सेयर रजिष्ट्रार परिवर्तन

१९ कात्तिक, काठमाडौँ ।  हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आफ्नो सेयर रजिष्ट्रार परिवर्तन गरेको छ । कम्पनीले आगामी मंसिर ३० गतेदेखि लागू हुने गरी हिमालय सेक्युरिटिज बैंकर लिमिटेडलाई नयाँ सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले सेयर रजिष्ट्रार परिवर्तन गर्ने निर्णय गरेको हो । यसअघि कम्पनीको सेयर रजिष्ट्रारको जिम्मेवारी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले सम्हाल्दै आएको थियो ।

नयाँ व्यवस्था लागू भएसँगै कम्पनीको शेयर कारोबारसम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने, शेयर रोक्का राख्ने तथा शेयरधनीको विवरण अद्यावधिक गर्नेलगायतका सम्पूर्ण कार्य हिमालय सेक्युरिटिज बैंकर लिमिटेडमार्फत हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : November 5, 2026 at 10:44 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/