२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

आजदेखि सुनको असर्फी र चाँदीका सिक्का बेच्दै राष्ट्र बैंक

१९ कात्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आजदेखि दुई दिनसम्म सुनको असर्फी र चाँदीका सिक्का बिक्री गर्ने भएको छ । बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सिक्का बिक्री गरिने राष्ट्र बैंकले जनाएकाे छ

एक व्यक्तिले २.५ ग्रामको एउटा सुनको असर्फी र १० ग्राम तौलका बढीमा तीनवटा चाँदीका सिक्का खरिद गर्न सक्नेछन् । चाँदीका सिक्कामा लक्ष्मी, गजलक्ष्मी र गणेशको आकृति अंकित हुनेछ । सुन तथा चाँदीको असर्फी र सिक्काको मूल्य बिक्री हुने दिनको बजार मूल्यका आधारमा निर्धारण हुनेछ । सिक्का खरिद गर्न नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुलेको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ । भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिनेछ ।

प्रकाशित मिति : November 5, 2026 at 9:43 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/