२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

छिमेक लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

१९ कात्तिक, काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कात्तिक १८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई  हाल कायम चुक्ता पूँजीको ११.९६३१ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १३.०३६९ प्रतिशत नगद लाभांश गरी २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेश्चिात सो दरमा लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति : November 5, 2026 at 9:40 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/