१९ कार्तिक २०८३, बुधबार | Wed Nov 4 2026

राष्ट्र बैंकले बेच्दै सुनको सिक्का र चाँदीका मेडालियन, कसरी किन्ने ?

१८ कात्तिक, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले तिहारको अवसरमा सुनको असर्फी (सिक्का) र चाँदीका मेडालियन बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले कात्तिक १९ र २० गते दुई दिन बबरमहलस्थित टक्सार महाशाखाबाट सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्ने तयारी गरेको छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखाले तिहारलाई लक्षित गरी प्रतिव्यक्ति २.५ ग्राम तौलको एक थान सुनको असर्फी बिक्री गर्ने जनाएको छ । त्यस्तै, १० ग्राम तौलका लक्ष्मी र गणेश अंकित चाँदीका मेडालियन पनि प्रतिव्यक्ति एक-एक थानका दरले खरिद गर्न पाइनेछ ।

बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिक्री हुनेछ। मौज्दात रहेसम्म लाइनमा आउने सेवाग्राहीलाई असर्फी र मेडालियन उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ। खरिद गर्न चाहनेले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुलेको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुन भनिएको छ। सुन र चाँदीको सोही दिनको बजार मूल्यमा उत्पादन लागत जोडेर दैनिक बिहान करिब ११ बजेपछि असर्फी र मेडालियनको मूल्य  निर्धारण हुनेछ ।

प्रकाशित मिति : November 4, 2026 at 3:39 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/